दैलेखमा एमालेका मेयर उम्मेदवारको गाडीमा आगजनी



सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।

बडुवालले बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी सोमबार बिहान साढे ३ बजेतिर अज्ञात समूहले आगजनी गरेको जानकारी दिए।

गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो। आगजनीका वेला चालक गाडीभित्रै सुतिरहेको थिए।

टायरमा आगो लागेको थाहा पाएपछि उनले तत्काल गाडी चलाएर नजिकै रहेको खोलामा पुर्‍याएका थिए। तत्काल आगो निभाएकाले क्षति भने नभएको बडुवालले बताए।

घटनाबारे जिल्ला प्रहरी कार्यालय दैलेखले अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार