थप १६ जनामा कोरोना पुष्टि



काठमाण्डौ । देशभर पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार नौ सय २० को नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ११ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार दुई जना पुगेको छ । यस अवधिमा कोरोना सङक्रमणबाट कसैको पनि ज्यान गएन ।

पछिल्लो २४ घण्टामा २० हजार आठ सय ९० ले कोभिडविरुद्धको खोप लगाएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३३ जना रहेको छ ।

सम्बन्धित समाचार