कोरोना अपडेट : आज भेटिए २२ बिरामी‚ कुल संक्रमित ११२ जना



काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७ सय ५३ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्।

आज ९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय १२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौं उपत्यकामा ४१ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

सम्बन्धित समाचार