अरुण तेस्रो : पटेल कम्पनीले साना निर्माण कम्पनीलाई ठग्दै



बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रमुख निर्माण कम्पनीहरु मध्ये पटेल इन्जिनियरिङ लिमिटेड पनि एक हो । जसले ड्याम साइट निर्माण स्थल फ्याक्सिन्दा र पावरहाउस निर्माण स्थल पुखुवामा काम गरिरहेको छ । भारतीय यो कम्पनीले अन्य कम्पनीलाई पेटी ठेक्का दिएर भुत्तानीका क्रममा ठग्ने प्रयास गरिरहेको छ । पेटी ठेक्का लगाएर समयमा नै भुत्तानी नगरेर अन्य निर्माण कम्पनीलाई दुख दिने गरेको पटेल इन्जिनियरिङले ठगीको समेत प्रयास गरिरहेको तथ्य खुलेको छ ।

पेटी ठेक्कामा काम गरेका रौताहा कन्स्ट्रक्सन प्रा.लि.लाई काम सम्पन्न भएको दुई वर्ष बितिसक्दा समेत भुत्तानी नदिएको पटेल इन्जिनियरिङले अहिले उही रौताहा कन्स्ट्रक्शनलाई ठग्ने प्रयास गरिरहेको छ । काम सम्पन्न भइ सकेको रकम भुक्तानी दिनुत कता हो कता, भुत्तानी लिइसकेको प्रमाण बनाउनलाई पटेल इन्जिनियरिङले कागजी प्रक्रिया थालेको छ ।

दुई वर्ष अघि सडक स्तरोन्नतीको काम सम्पन्न गरेको रौताहाले पटेल मार्फत ९८ लाख २ हजार ९ सय ७ रुपैंया भुत्तानी पाउन बाँकी छ । तर अहिले पटेलबाट रौताहाले पाउनु पर्ने सम्पुर्ण भुत्तानी पाइसकेको प्रमाण बनाउन पटेलको ठगी सुरु भएको छ । दुई वर्ष अघि नै रकम पाइसकेको भनी कागजमा सहीछाप गरेर पठाउन भनी पटेल इन्जिनियरिङका सञ्जिव झाले रौताहालाई ह्वाट्सएप मार्फट डकुमेन्ट पठाइयो । तर पाउनु पर्ने रकम भुत्तानी नदिई उल्टै पैसा पाएको भनी फसाउन खोजिएको रौताहा कन्स्ट्रक्सनका भिम बहादुर थापाले बताए । उनले भने, नपाएको पैसा पाएँ भनी कसरी भरपाई गर्नु ?

उनका अनुसार, उक्त कागजमा सही छाप गरेर पठाएपछी मात्रै भुत्तानी हुने बताइएको छ ।

रकम भुत्तानी दिन ढिलाई गरेको भन्दै भिम थापा अहिले प्रशासनिक निकायसम्म पुगेका छन् । गत जेष्ठ ३० गते भुत्तानी सहजीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय खाँदबारीमा उनले निवेदन दिएका छन् । गत आव २०७७/०७८ मा पटकपटक ताकेता गर्दा पनि रकम भुत्तानी नगरेपछी जिल्ला प्रशासन कै सहयोगमा भुत्तानी प्राप्त भएको उनको भनाई छ ।

 

 

 

सम्बन्धित समाचार