यात्रुलाई रड प्रहार गरी घाइते बनाएको बसका सहचालक घाइते



काठमाडौं । रड प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं काडाँघारी बस्ने सुरेन्द्र सिंहलाई फलामको रड प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं धुम्बाराही बस्ने सिन्धुपाल्चोकका बा.१ ख ८९२३ नम्बरको बसका सहचालक रोशन गिरीलाई २० भदौको राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका ८ जयबागेश्वरी गौशालाबाट चावहिलतर्फ जाँदै गरेको उक्त बसमा भाडाको विषयलाई लिएर विवाद हुँदा सह – चालक गिरीले यात्रु सिंहलाई रड प्रहार गरी घाईले बनाएको खबर पश्चात महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको जनाएको छ । घाइते सिंहको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..