संखुवासभा कारागारबाट ४ जनालाई कैद मिनाहा



संखुवासभाको जिल्ला कारागार खाँदबारीबाट ४ जनालाई कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा उनीहरुलाई कैद मिहनाहा गरिएको जिल्ला कारागार प्रमुख विनोद अधिकारीले बताए ।

कैद मिनाहा पाउनेहरुमा चैनपुर नगरपालिका वडा नं. २ का मिङ्मा शेर्पा, पाँचखपन नगरपालिका वडा नं. ५ का दिनेश राई, पाँचखपन कै वडा नं. ४ का याम बहादुर तामाङ र खाँदबारी नगरपालिका वडा नं. ९ का सुरेश ढकाल रहेका छन् । उनीहरुले ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरिसकेका थिए ।

उनीहरु विभिन्न कसुरमा जेल परेका थिए । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ ।

सम्बन्धित समाचार