चिचिला गाउँपालिकाले पायो नयाँ एम्बुलेन्स



खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकाले एक वटा एम्बुलेन्स प्राप्त गरेको छ । भारत सरकारको अनुदान सहयोगमा पालिकाले एम्बुलेन्स पाएको हो ।

भारतीय दुतावास मार्फत चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको पहलमा एम्बुलेन्स प्राप्त भएको हो । पालिका अध्यक्ष शेर्पाले उक्त एम्बलेन्स आईतबार काठ्माण्डौमा बुझिलिएका छन् । प्राप्त एम्बुलेन्सको दर्ता प्रकृया भईरहेको र लगत्तै पालिका ल्याएर सञ्चालनमा ल्याईने शेर्पाले बताएका छन् ।

पालिकामा हाल एक वटा एम्बुलेन्स सञ्चालनमा छ । यो सँगै चिचिलामा एम्बुलेन्सको संख्या २ पुगेको छ । यसपछि एक वटा एम्बुलेन्सले दिदिङ क्षेत्रबाट र अर्को एम्बुलेन्सले पालिका क्षेत्रसँगै मत्स्यपोखरी क्षेत्रलाई लक्षित गरि सेवा पुर्याउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार