महिला बेच्ने धरानकी सरिता १० वर्षको कैद भुक्तानको लागि कारागार चलान



धरान । धरान–१६ की एक महिला मानव बेचविखन तथा ओसार पसार मुद्दामा पक्राउ परेकी छिन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले धरान–१६ की ४६ वर्षीया सरिता भन्ने कृष्णकुमारी लिम्बूलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत सुनसरीको गत २०७८ जेठ २२ गतेको फैसलाले मानव बेचबिखन ओसारपसार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको तर सजाय भुक्तान नगरी फरार रहेको प्रहरीले जनाएको छ ।

उनलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी लिम्बूलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार