न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ६३ लाख ठगी गरेको आरोपमा एक पक्राउ



न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ९ जनालाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीय शोभा पौडेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

उनले सिन्धुली दुधौली नगरपालिका १ बँका घर भई काठमाडौंको तीनकुने बस्ने ३१ वर्षीय नारायण बोगटीसहित ९ जनालाई ठगी गरेको आरोप छ।

उनले प्रत्येक व्यक्तिलाई १२ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेर प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काममा लगाइदिन्छु भनेकी थिइन्।

मासिक एक लाख ७० हजार तलब हुने भन्दै प्रलोभनमा पारी उनी ६३ लाख २० हजार रकम लिएर सम्पर्कबिहीन भएको भन्ने उजुरी परेको थियो।

वैदेशिक रोजगार विभागबाट कार्यालयलाई पत्राचार गरेपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।

प्रहरीले उनलाई विभागमा बुझाएको छ।

 

सम्बन्धित समाचार