अर्थमन्त्री शर्माको राजीनामा माग्दै सिंहदरबारअगाडि प्रदर्शन



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै युथ कंग्रेसका कार्यकर्ताले सिंहदरबारबाहिर प्रदर्शन गरेका छन् । बुधबार दिउँसो युथ कंग्रेसका कार्यकर्ताले सिंहदरबारको दक्षिणी गेटनजिकै प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीलाई प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पक्राउसमेत गरेको छ ।

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

 

सम्बन्धित समाचार