कुलुङ संघका महासचिव कुलुङकाे दुवै मृगाैला फेल, प्रत्याराेपण गर्ने तयारी गरिदै



खाँदबारी । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका महासचिव ईन्द्र कुलुङकाे दुवै मृगाैलाले काम गर्न छाेडेकाे छ । मृगाैलाले काम गर्न छाेडेपछि प्रत्याराेपणकाे तयारी गरिएकाे छ ।

उनलाई आफ्नै भाइले मृगाैला दिने भएपछि प्रत्याराेपणकाे तयारी गरिएकाे छ । अबिवाहित महासचिव कुलुङले आजिवन कुलुङ समुदायकाे साझा संस्था कुलुङ संघ मार्फत कुलुङ समुदायलाई याेगदान दिएका छन् । उनकाे उपचारकाे लागि अनिता तम्बुछाकाे संयाेजकत्वमा उपचार सहयाेग समित गठन गरिएकाे छ । उक्त समितिले उपचारकाे सम्पुर्ण ब्यवस्थापन गर्ने छ ।

उपचार सहयाेग समिति अन्तर्गत घनश्याम कुलुङकाे संयाेजकत्वमा आर्थिक समिति समेत गठन गरिएकाे छ । उक्त समितिले खर्च ब्यवस्थापन गर्ने उपचार समिति सदस्य दिर्घ कुलुङले जानकारी दिए । महासचिव कुलुङकाे उपचार गर्न करिव २५ लाख आवश्यक पर्ने र साेकाे ब्यवस्थापनका लागि आर्थिक समितिले काम गरिरहेकाे उनले बताए ।

उपचारका लागि हाल पर्याप्त रकम स्वयमसँग नरहेकाे भएपनि विभिन्न ब्यक्तिहरुमा करिव २० लाख रुपैयाँ ऋण लगानी रहेकाे बताईएकाे छ । अहिले उक्त ऋणीहरुबाट रकम फिर्ता लिने काम भईरहेकाे आर्थिक समितिले जनाएकाे छ । विभिन्न ठाउँका २३ जनाले ऋण चलाएकाे र उक्त रकम तत्काल फिर्ता गर्न समेत आर्थिक समितिले अनुराेध गरेकाे छ ।

६२ बर्षका महासचिव कुलुङकाे अहिले भक्तपुर मृगाैला प्रत्याराेपण केन्द्रमा उपचार भईरहेकाे छ । अहिले हप्तामा २ पटककाे दरले डायलाईसिस भईरहेकाे कुलुङ संघका केन्द्रिय अध्यक्ष चन्द्रसिंह कुलुङले जानकारी दिए । मृगाैला प्रत्याराेपणकाे तयारीकाे बारेमा चिकित्सकहरुसँग परामर्श भईरहेकाे अध्यक्ष कुलुङले बताएका छन् ।

सम्बन्धित समाचार