षडानन्द नगरपालिकाको बजेट ८६ करोड ८६ लाख



भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको सातौं नगरसभाले आर्थिक बर्ष २०७९/८० को लागि ८६ करोड ८६ लाख ५७ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा बराबरको बजेट पारित गरेको छ । बुधबार नगर प्रमुख सुरेन्द्र उदासले प्रस्तुत गरेको निति तथा कार्यक्रम र उपप्रमुख प्रमिला राईले प्रस्तुत गरेको आर्थिक विनियोजन विधेयक पारित गदै सातौं नगरसभा सम्पन्न भएको हो ।

नगरसभाले सशर्त अनुदान र विषयगत बजेट गरि ८६ करोड ८६ लाख ५७ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा बराबरको बजेट पारित गरेको छ । नगरले भौतिक पुर्वधारको क्षेत्रमा ५० लाख, सामाजिक विकाशमा २१ लाख, कृषि विकाशमा ७० लाख, स्वास्थ्यमा ९५ लाख, शिक्षामा १ करोड १५ लाख, बन तथा वातावरणमा १५ लाख, नगरपालिकादेखि वडाको केन्द्रसम्म जोड्ने सडक १ करोड ४० लाख, खेलकुदमा १५ लाख बजेट विनियोजन गरेको छ ।

नगरलाई सशर्त अनुदान संघिय सरकारबाट ३३ करोड ४३ लाख, विशेष अनुदान संघबाटै ४ करोड ५० लाख, समपुरक अनुदान संघ १ करोड प्रदेश सशर्त अनुदान १ करोड ५१ लाख ७८ हजार, प्रदेश समपुरक अनुदान १ करोड, समानिकरण अनुदान १२ करोड ५९ लाख, बाँडफाँडबाट प्राप्त राजस्व ११ करोड ३६ लाख २७ हजार, प्रदेश समानिकरण अनुदान ६७ लाख ८५ हजार, बाँडफाबाट प्राप्त राजस्व १ करोड ३३ लाख २४ हजार ६ सय ३०, आन्तरिक आय २ करोड ५० लाख, जनसहभागिता १ करोड, सामाजिक सुरक्षा १० करोड , आर्थिक बर्षको भुक्तानी बाँकी ४ करोड ९५ लाख २९ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा र गत आवको अल्या गरि ८६ करोड ८६ लाख ५७ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा आर्थिक बर्ष २०७९/८० को लागि अनुमानित आय रहेको छ ।

सातौं नगरसभाको पहिलो सत्रको शुभकामना कार्यक्रममा राजनितिक दलहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नगरसभा सफलताको शुभकामना दिएका थिए । शुभकामना कार्यक्रममा शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्दै षडानन्द बहुमुखि क्याम्पस प्रमुख नगेन्द्र बस्नेत, संघ संस्थाको प्रतिनिधित्व गर्दै षडानन्द सिताराम गुठीका अध्यक्ष प्रकाश पौडेल, राजनितिक दलका प्रतिनिधिहरुमा जनता समाजवादीका नगर अध्यक्ष ध्रुब राई, नेकपा एकीकृत समाजवादीका हरि भित्रिकोटी, नेकपा माओवादीका यङ्गराज राई र नेकपा एमालेका सुजन राई, जिल्ला समन्वय समितिका सदस्य चन्द्र बहादुर राईले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार