खाँदबारी ४ अरुणथानमा निर्मित वडा कार्यालय भवन उद्घाटन



संखुवासभा, असार ३० । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन उद्घाटन भएको छ । बुधबार  एक कार्यक्रम बिच खाँदबारी नगरपालिका वडा नं. ४ को वडा कार्यालयको प्रशासनिक वडा कार्यालय भवनको रिबन काटेर खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले उदघाटन गरेका छन् ।

सुनकोशी हलेसी निर्माण कम्पनीले भ्याट बाहेक १ करोढ ७ लाख ५५ हजार रुपैयाँमा सो भवन निर्माण गरेको हाे । भवन उद्घाटन गर्दे नगर प्रमुख थपलियाले आफ्नै भवनमा वडा कार्यालय सञ्चानल भएपछि वडावासीले राम्रो सेवा पाउनेमा आसावादी भएको बताए ।

नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास रहेको नगर प्रमुख थपलियाले बताए । वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा जग्गा दातालाई सम्मान,असिना पिडीतलाई राहत समेत गरिएको थियो । यस अघि वडा कार्यालय भाडाको भवनमा बस्दै आएको थियो । वडा कार्यालय भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी भूमिका खेल्नेप्रति सम्पूर्ण वडाबासीलाई वडाध्यक्ष विनाेद गुरुङले धन्यवाद दिए ।

कार्यक्रमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ,पूर्व नगर प्रमुख मुरारी प्रसाद खतिवडा,वडा नम्बर ३ का वडाध्यक्ष भरत कुमार घिमिरे,वडा नम्बर १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,पत्रकार लगायतको उपस्थित रहेको थियो

सम्बन्धित समाचार