कोरोना बढन् थालेपछि महानगरले भन्यो,‘अत्यावश्यक नभई घर बाहिर नजानू’



विराटनगर महानगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर नजान आग्रह गरेको छ ।

कोरोना सङ्क्रमण पुनः बढ्न थालेपछि महानगरपालिकाले अत्यावश्यक काम नभई घर बाहिर नजान आग्रह गरेको हो । केही दिनयता विराटनगर– ८ मा रहेको जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ ।

कारागारमा मात्रै ५४ जना संक्रमित भेटिएका छन् । सङ्क्रमितलाई कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ । बजारमा पनि सङ्क्रमण देखिएपछि महानगरपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

महानगरले जारी गरेकोसूचनामा भनिएको छ,‘महानगरपालिका क्षेत्र भित्र सङ्क्रमितको संख्या पुन बढ्दै गइरहेको तथ्यलाई मध्यनजर गर्दै जोखिम तथा गम्भिरताको न्युनिकरणका लागि अत्यावश्यक नभई घर बाहिर नजान र अनावश्यक भिडभाड नगर्न, भौतिक दुरी कायम गरी माक्सको प्रयोगलाई निरन्तरता दिन साथै जनस्वास्थ्यका सबै मापदण्डहरु पुरा गर्न अनुरोध छ ।’

 

सम्बन्धित समाचार