गाउँपालिका अधिकृत ३० हजार घुससहित पक्राउ



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैर कानुनी कमिसन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङ्गले जानकारी दिए ।

घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैर कानुनी कमिसन (घुस) मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको उनले बताए ।

क्षेत्रीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार