श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ आजदेखि खुल्यो



काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ४ साउन बुधबारदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको छ । जसमध्ये पाँच प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी २२ लाख ७० हजार २५ कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याइएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार