संखुवासभा उद्योग वाणिज्य संघले गर्यो बैंकर्ससँग अन्तरक्रिया



संखुवासभा उद्योग वाणिज्य संघले संखुवासभामा आर्थिक विकासमा बैंकहरुको भूमिका विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । संघको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लास्थित सरकारी तथा नीजि क्षेत्रका १७ वटा बैंकका प्रबन्धकहरु, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, स्थानीय उद्योगी व्यवसायी लगायतका उपस्थिति रहेको थियो ।

संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो । स्वागत मन्तव्यकै क्रममा बस्नेतले उद्योगी व्यवसायीहरुलाई बैंकसाग कारोबार गर्दा सहज र सरल तरिकाले कर्जा प्रवाह र नविकरण गरिदिन माग गर्नु भयो । त्यस्तै निवर्तमान अध्यक्ष तथा प्रदेश नं। १ उद्योग वाणिज्य संघका सदस्य यूवराज शाक्यले कोभिडमा थलिएका व्यवसायीलाई बैंकले ब्याजदर छुटसहित अन्य सुविधा दिनु पर्छ भन्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा संखुवासभा बैंकर्स संघका अध्यक्ष नविल बैंकका प्रबन्धक सन्तोष विमलीले तरलताको अभावले ब्याजदर वृद्धि भएको र सकेसम्म व्यवसायीलाई सुविधा दिन तयार रहेको जानकारी दिनु भयो । कृषि तथा उत्पादनमुलक व्यवसायमा लगानी गर्न बैंकहरु तयार रहेको समेत बताउनु भयो । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक गुरु प्रसाद राइले लगानी गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानले बैंकर्स संघ र उद्योग वाणिज्य संघको सम्बन्ध नङ र मासु जस्तो भएको र मिलेर सामुदायिक कार्यक्रमहरुमा सहकार्य गरी अगाडि बढ्ने बताउनु भयो ।

सम्बन्धित समाचार