बझाङमा मदिरा सेवन गरी जिपभित्र सुतेका युवक बिहान मृत भेटिए



बझाङ । बझाङमा एक जना पुरुष गाडीमा मृत भेटिएका छन्। मादक पदार्थ सेवन गरी पुतलीलेक मोडमा जिपभित्र सुतेका बुंगल नगरपालिका ११ पुतलीलेकका २५ वर्षीय बिरेन्द्र बोहरा आइतबार बिहान मृत भेटिएका हुन्।

बित्थडचिर गाउँपालिकाको बित्थड बजारदेखि पुतलीलेकको लागि हिंडेको सु.प.प्र.०४००१ च ०१७६ नम्बरको जिपमा बोहरा मृत भेटिएका हुन्। बित्थडदेखि चालक गणेश पातली र मृतक बोहराले मादक पदार्थ सेवन गर्दै हिंडेको र मृतक बोहराको घरनजिकै जिप रोकेर सुतेको प्रहरीले जनाएको छ।

राति ९ः३० बजे पुतलीलेक मोडमा पुगेपछि जिप रोकेर चालक पातली र मृतक बोहरा सुतेको र बिहान चालक पातलीले उठेर ब्युझाउन खोज्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनक ढुंगानाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

सम्बन्धित समाचार