रुखले किच्दा कोशी टप्पु घुम्न गएका युवाको मृत्यु



 

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षणमा सिसौको रुखले किच्दा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हँनेमा धरान उप–महानगरपालिका–११ का २८ बर्षीय धिरज तामाङ छन् ।

आइतवार दिउँसो साढे ३ बजे कोशी टप्पु वन्यजन्तु आरक्षणमा डुल्ने क्रममा प्र.१. ०२–०४४ प ६६८१ नंम्बरको स्कुटरलाई सुकेको सिसौको रुख ढलेर किचेको थियो । रुखले किच्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरमा पछाडि सवार धरानकै २८ बर्षीय संगेन्द्र बिष्ट घाइते भएका छन् । विराटनगरस्थित विराट नर्सिङ होममा उनको उपचा भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

 

सम्बन्धित समाचार