विराटनगरमा किशोरीमाथि सामूहिक बलात्कार, कराँतेका दुई प्रशिक्षक पक्राउ



विराटनगरमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

असार २८ गते १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट दुई जना कराँते प्रशिक्षक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगर– ३ का ५० वर्षीय विनोद राउत र सुरज सुवेदी पक्राउ परेका हुन् । दुई जना नै कराँते प्रशिक्षक हुन् ।

राउत राष्ट्रिय खेलकुद परिषदको मोेरङको प्रशिक्षक हुन् । सुवेदी भने सङ्खुवासभाको प्रशिक्षक रहेको प्रहरीले बताएको छ । राउत र सुवेदीको विराटनगरका विभिन्न व्यावसाय पनि छ । असार २८ गते करणी गरेको भन्दै किशोरीले जाहेरी दिएपछि दुई जनालाई साउन ८ गते पक्राउ गरेको श्रेष्ठले बताए ।

किशोरीले होटलमा लगेर करणी गरेको जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरिएको उनले बताए । होटलमा जबरजस्ती करणीको भिडियो पनि बनाएको किशोरीकोे जाहेरीमा छ ।

भिडियो बनाएको विषय भने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पीडित भनिएकी किशोरी विद्यार्थी हुन् ।

सम्बन्धित समाचार