याेगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पास भएपछि संखुवासभामा दिप प्रज्वलन (भिडियाे सहित)



खाँदबारी । मंगलबार प्रतिनिधी सभाबाट याेगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पास भएपछि संखुवासभामा दिप प्रज्वलन गरिएकाे छ । अरुण उपत्यका क्षेत्रमा विश्व विद्यालय बन्ने निश्चित भएपछि खुसियालीमा स्थानीयले दिप प्रज्वलन गरेका हुन् ।

दिप प्रज्वलन कार्यक्रममा संखुवासभा उद्याेग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, बरुण बहुमुखि क्याम्पसका सहप्राध्यपक कृष्णबहादुर अधिकारी, नेकपा माओवादी केन्द्रका नेता दिब्य बराल लगायत स्थानीय नागरिकहरुकाे उपस्थिती रहेकाे थियाे ।

दिप प्रज्वलन कार्य स्वतस्फुर्त रुपमा गरिएकाे उद्याेग बाणिज्य संघका अध्यक्ष कृष्ण भगत प्रधानले बताउनुभयाे ।

सम्बन्धित समाचार