बाल सहभागिताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समुह कन्र्सोटियम नेपाल प्रदेश समिति, प्रदेश नं. १ ले श्रावण १० गते धनकुटाको भेडेटारमा एक कार्र्यक्रमको आयोजना गरी प्रदेश नं. १ मा बाल सहभागीताको क्षेत्रमा उत्कृट कार्य गर्ने सदस्य संस्थाहरु मध्ये संखुवासभाको संस्था मकालु त्रिशक्ति समुह नेपाल, माट्स नेपाललाई पुरस्कृत गरेको छ । कार्यक्रम प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा धनकुटा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राईको विशेष अतिथीको रुपमा उपस्थिती रहेको थियो । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद, प्रदेश नं. १ समन्वय अधिकृत सुमन अधिकारीको समेत उपस्थिती रहेको थियो ।
प्रदेश नं. १ मा बाल सहभागीताको क्षेत्रमा उल्लेख्य र उत्कृट कार्य गरेकोले सदस्य संस्थाहरु मध्ये माट्स नेपाललाई उत्कृट संस्था घोषण गरी पुरस्कृत गरीएको कन्र्सोटियम नेपाल प्रदेश समिति, प्रदेश नं. १ का संयोजक रुद्र थेबेले जानकारी दिनु भयो । पुरस्कार नगद १ हजार १ सय एघार रुपैया सहित सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ सामाजिक विकास मन्त्री राजन राईले संस्थाका अध्यक्ष सन्तोष चापागाईंलाई हस्तान्तरण गर्न भएको थियो ।
विगत २५ वर्ष देखि बालअधिकार, बाल संरक्षण र बाल सहभागिताको क्षेत्रमाकार्यरत संस्था माट्स नेपालले विभिन्न कार्यक्रम गरी बालबालिकाको क्षमता विकासका लागि बालबालिकाहरुको सहभागीतालाई जोड दिदै आएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालयबाट ९मन्त्रीस्तर० २०७८ मंसिर २४ गते स्विकृत प्राप्त गरी संखुवासभा जिल्लामा बाल हेल्पलाइन सेवा १०९८ संचालन गरीरहेको छ भने संस्थाले विगत १५ वर्ष देखि जिल्लामा सहारा विहिन बालबालिकाको संरक्षणको लागि बाल कल्याण गृह समेत संचालन गरीरहेको छ ।
संस्थाले बाल सहभागितामा जोड दिदै जिल्लामा बालक्लब गठन, पुर्नगठन, बालबालिकाको क्षमताविकास तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाका अध्यक्ष चापागाईले बताउनु भयो ।
उक्त कार्यक्रममा कन्र्सोटियम नेपाल प्रदेश समिति, प्रदेश नं. १ को सह–संयोजक सावित्रा राई २०७९ बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समिति धनकुटाको उपप्रमुख पदमा निर्वाचितहुनु भएको तथा वडाध्यक्षमा निर्वाचित हुनुभएका कन्र्सोटियम नेपालका सदस्य संस्थाका नविन प्रधान भोजपुर नगरपालिका वडा नं. ८, दानबहादुर राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १२, राजकुमार रुम्बाली मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ ओखलढुङ्गालाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राईले बधाई ज्ञापन गर्दै बधाई पत्र हस्तान्तरण गर्नु भएको थियो ।
उक्त एक दिने कार्यक्रममा कन्र्सोटियम नेपाल प्रदेश समिति, प्रदेश नं. १ लाई पूर्णता प्रदान गर्दै बाल सहभागीता सम्बन्धी प्रदेश स्तरीय निती समेत निमार्ण गरीएको राष्ट्रिय बालअधिकार परिषद, प्रदेश नं. १ समन्वय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया