खाँदबारी नगरपालिकाले पशुपति क्षेत्र विकास कोषलाई एक लाख बिरुवा दिने



खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले काठ्माण्डौ स्थीत पशुपति क्षेत्र विकास कोषलाई एक लाख रुपैयाँ बिरुवा दिने भएको छ । आज (विहिबार) विकास कोष परिषरमा आयोजित बृक्षरोपण कार्यक्रममा नगर प्रमुख महेश थपलियाले यस्तो बताउनुभएको हो ।

काठ्माण्डौ महानगर र खाँदबारी नगरपालिका विच भगिनी सम्बन्ध स्थापना भएको अवसरमा उक्त संख्यामा विरुवा उपलब्ध गराउने घोषणा गरिएको नगर प्रमुख थपलियाको सचिवालयले जनाएको छ । विहिबार उक्त घोषणाकै दिन पाँच सय बिरुवा हस्तान्तरण गरिएको थपलियाको सचिवालयले जनाएको छ ।

बाँकी बिरुवा एकै पटकमा नभई आवश्यकताको आधारमा उपलब्ध गराउने गरि प्रतिबद्धता ब्यक्त गरिएको सचिवालयले जानकारी दिएको छ । बिरुवाको मुल्यको बारेमा यकिन नभएको बताईएको छ ।

सम्बन्धित समाचार