सङ्खुवासभा एसईईः सामुदायीक तर्फ हिमाविका अभिशेक भए सर्वोत्कृष्ठ



सङ्खुवासभा । हालै सार्वजनिक भएको एसईईको नतिजा अनुसार सङ्खुवासभाको सामुदायिक विद्यालय तर्फ हिमालय माध्यमिक विद्यालय खाँदबारीका अभिशेख दाहालले सर्वोत्कृष्ठ अंक प्राप्त गरेका छन् । उनले ३.७० जिपिए ल्याउँदै सामुदायिक तर्फ उत्कृष्ठ भएका हुन् ।

एसईईमा जिल्ला प्रथम भने गोल्डेन स्टार बोर्डिङ तुम्लिङटारका अविनाश भारती भएका छन् । उनले ३.८० जिपिए ल्याएर जिल्ला प्रथम भएका हुन् । परीक्षामा सङ्खुवासभाबाट ३ हजार ७१ जनाले परीक्षा फाराम भरेका थिए । त्यस मध्ये १२८ जना परीक्षार्थीहरु भने परीक्षामा सामेल नभएको जनाइएको छ ।

 

सम्बन्धित समाचार