भदौ ८ मा खप्तडको आइपीओ निष्कासन हुने



खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

उक्त लघुवित्तले १०० रुपैयाँअंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँबराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको लागेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको एक लाख २३ हजार ४ सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म मागबमोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार