काठमाडौं । नेपाल आयल निगमलाई आजदेखि पेट्रोलमा ५ रुपैयाँ नाफा हुने भएको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन नहुने भएपछि निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर ४.७४ रुपैयाँ हुने भएको हो ।
निगमलाई डिजेलमा ४.५० तथा एलपी ग्याँसमा ५०० रुपैयाँ घाटा हुनेछ । हवाई इन्धन र मट्टीतेलमा भने नाफा रहेको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपनि आयल निगमले तत्काल मूल्य नघटाउने भएको छ ।
प्रतिक्रिया