सरकारी ऋण २० खर्ब ११ अर्ब नाघ्यो, हरेक नेपालीको भागमा ६८ हजार ९ सय रुपैयाँ



काठमाण्डौ । नेपाल सरकारको ऋण बढेर २० खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब ३४ अर्ब रहेको ऋण गएको आर्थिक वर्ष २०७८र०७९ मा झन्डै तीन खर्बले बढेर २० खर्ब ११ अर्ब पाँच करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यसमध्ये वैदेशिक ऋण १० खर्ब २७ अर्ब ३० करोड रुपैयाँ र आन्तरिकतर्फको ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ रहेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा नेपालको ऋण ४१ दशमलव ५ प्रतिशत पुगेको छ ।

सरकारको ऋण २० खर्ब ११ खर्ब ५८ करोड रुपैयाँलाई नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० ले भाग गर्दा हरेक नेपालीको भागमा ६८ हजार नौ सय सात रुपैयाँ ऋण पर्न आउँछ ।

गएको आर्थिक वर्षमा मात्रै सरकारले दुई खर्ब ३१ अर्ब आन्तरिक ऋण र एक खर्ब २२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ । गएको वर्ष नेपालले ४७ अर्ब ३३ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ ।

सम्बन्धित समाचार