मेयर साम्पाङ भन्छन्: ग्रीन टिलाई रक्सी भन्दै न्युज नबनाउनु होला



काठमाडौं । धरानका चर्चित मेयर हर्क साम्पाङ फेसबुक लाइभमा आएर आफ्ना विरोधीहरूप्रति आक्रोश पोखेका छन् । उनले फेरि एकपटक काठमाडौंका मेयर बालेन साहप्रति कठोर टिप्पणी गरे ।

धरानमा पनि फोहोरको समस्या रहेको भनेर हिजो एक रिपोर्ट प्रशारण गर्ने टेलिभिजनमाथि साम्पाङ खनिएका थिए । उनले फोहोर थुपार्ने ल्यान्डफिल्ड साइटको दृष्य देखाएर भ्रम पैदा गर्न खोजिएको आरोप लगाए । धरानका सडकमा कतै पनि फाहोर नभएको उनको दाबी थियो ।

आफू काठमाडौं गएर फोहोर सोहोर्नका लागि सबैलाई झक्झक्याएर आएको साम्पाङले बताए । बालेनलाई लक्षित गर्दै उनले भने, ‘जाबो बाटोको फोहोर सोहोर्न नसक्नेले, नेपालको क्यापिटल सिटीलाई डुङडुङ बनाउनेहरुले ठूलो गफ गरेर हुन्छ ?’

साम्पाङले फेसबुक लाइभमा अमर्यादित शब्दहरू पनि प्रयोग गरेका थिए । उनको भनाइ जस्ताको तस्तैः

काठमाडौं गइयो । काठमाडौंभरि बिजोक रहेछ । सडकको फोहोरसम्म उठाउन नसक्ने साथीहरूलाई काम गर है भनेको, अहिले ए केके भनेर गीत गाउँदैछन् । एउटा जी लेखेको मिडिया रैछ । त्यसले धरानमा पनि फोहोरको समस्या रैछ भनेर रिपोर्ट बनाएछ ।

हाम्रो ल्यान्डफिल साइटमा गएर खिचिएको रहेछ । बाटोउँधि त फोहोर छैन । बाटोमा फोहोर फाल्नेलाई फाइन तिराइहाल्छौं । जहाँनिर थुपार्छौं, जंगलको बीचमा त्यहाँ गएर एउटाले फुटेज बनाएछ, धरानमा पनि फोहोर छ भनेर । कहाँ छ धरानमा फोहोर रु नहुने कुरा गर्ने ?

सत्यलाई स्वीकार्न नसकेर साथीहरुमा जुन एकखालको भाको छ‘ मलाई अचम्म लाग्छ । काठमाडौंमा गएर हामीले केही कुरा भनिसकेपछि, मैले एउटा स्टाटस लेखिसकेपछि नै हो राष्ट्रिय युवासंघका साथीहरू भोलिपल्टदेखि जुट्नुभयो । निकै राम्रो काम गरिरहनुभएको छ । त्यहाँ गन्हाएर बसेका थिए साथीहरु । लहै काम गर है भनेको यो।। त्यो‘ भन्छन् ।

म चुनौती दिन्छु । काठमाडौंको फोहोर सोहोरिसकेपछि मात्रै बोल्नुहोला । यो काठमाडौंको फोहोर सोहोर्ने दायित्व नगरपालिकाको मात्रै पनि होइन । मन्त्रालयहरुलाई पनि भन्या छु मैले । मन्त्रीहरुले पनि हेर्नुपर्छ । सबैले मिलेर गर्ने हो । गर है‘ भनेको हे…हे..हे.. अर्कै बुभ्नुभयो । खैर केही छैन । साथीहरूलाई लागेको कुरा गर्नुभो । तर, सत्य कुरा स्वीकार्नुपर्छ । हिनताबोध गर्नुहुँदैन ।

सम्बन्धित समाचार