नगरपालिका कर्मचारी एशोसिएसन धरानको एकाई समिति गठन



धरान । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति धरानको अध्यक्षमा किशोर अधिकारी चुनिएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघको हलमा शुक्रबार सम्पन्न एशोसिएसनको १० औं अधिवेशनबाट अधिकारी अध्यक्षमा चुनिएका हुन् । एकाई समितिको उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज कुलुङ, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसचिवमा हिरालाल विश्वकर्मा चुनिएका छन् ।

कुल १७ सदस्यीय कार्यसमितिको सदस्यहरुमा युनिशा खत्री, दिपकला राई, तेजप्रसाद पोखरेल, सम्झना विक, देवी कार्की, राजु श्रेष्ठ, सुकराम लिम्बु, रामेश मेहता, लालबहादुर लिम्बु, बिक्रम लिम्बु, राजेश सुब्बा र दिलकुमार राई रहेका छन् । अधिवेशन मेयर हर्कराज राई (साम्पाङ)को प्रमुख आतिथ्यतामा भएको नवनिवार्चित अध्यक्ष अधिकारीले जानकारी दिए ।

कार्यक्रमको बिशेष अतिथिमा प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर रोगु, केन्द्रीय उपाध्यक्ष महेश सुवेदी, केन्द्रीय सहकोषाध्यक्ष खगेन्द्र खतिवडालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार