रचना रिमाल भन्छिन् : एउटा घर बनाएर बाबा ममीलाई राख्ने सपना थियो, आज पुरा भयो



खाँदबारी । गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् । झापाको चन्द्रगडीमा उनले चार कोठे पक्की घर निर्माण गरेकी हुन् ।

शनिबार फेसबुकमा एक तस्बिर राख्दै उनले आफ्नो घर निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन् । उनले आफ्ना बुवाआमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको बताएकी छन् । उनले आफ्नो पूरानो घर भएकै ठाउँमा घर निर्माण गरेकी हुन् ।

‘सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरू सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ,’ उनले भनेकी छन् ।

अहिले उनका आमाबुवा दुबै जना त्यही बस्दै आएको पनि उनले जानकारी दिएकी छन्।

सम्बन्धित समाचार