सिलीचोङमा भालुको आक्रमणबाट गम्भिर घाईते



खाँदबारी । जिल्लाको सिलिचोङ गाउँपालिका ३ मा एक बृद्धा भालुको आक्रमणबाट गम्भिर घाईते हुनुभएको छ । सिलिचोङ ३ ताम्कुको साप्तेल गाउँका ७० बर्षीय जुद्धमाया राईलाई आईतबार विहान भालुले आक्रमण गरेको हो ।

राईलाई विहान गाउँ नजिकैको जंगलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको स्थानीय हरिकुमार राईले जानकारी दिनुभयो । राईको टाउको, ढाँड र हातमा चोट लागेको राईले बताउनुभयो । घाईते राईको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको स्थानीय राईले जानकारी दिनुभयो ।

घटना स्थलबाट ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र करिव ४ घण्टको पैदल दुरीमा पर्छ । ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल खाँदबारी ल्याउन करिव ६ घण्टा लाग्छ । घाईतेलाई आईतबार राती जिल्ला अस्पताल ल्याई पुराईने राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार