बन्दाकोपीबाट लाखौं कमाउँदै संखुवासभाका प्रदिप



खाँदबारी । संखुवासभामाका बारीहरुमा यतिबेला बेमौसमी बन्दाकोपी लहलाएको छ । अहिले यहाँका बन्दाकोपी खेती गर्ने किसानलाई बिक्रीवितरण गर्न भ्याइनभ्याई छ । संखुवासभाको धर्मदेबी नगरपालिका ३ मा खूलाल कृषि फलफुल तथा पशुपन्छि फर्म दर्ता गरि प्रदिप कुमार खुलालले व्यावसायिक कृषि गर्दै आएका छन् । उनको बारीमा लगाएको बन्दाकोपी बिक्रीवितरण गर्न भ्याइनभ्याई छ उनलाई ।

नेपाल जस्तो कृषिप्रधान मुलुक छाडेर वैदेशिक रोजगारीको लागी बिदेशीएका युवालाई कृषिलाई व्यवसायिकरण गरि नेपालमै स्वरोजगार बन्न सकिने प्रशस्तै सम्भावना रहेको भन्ने पाठ सिकाउदै यस नगरलाई बन्दाकोपी पकेट क्षेत्र बनाई थप कृषकहरुलाई व्यावसायिक बन्न प्रेरित गर्न सकिन्छ भन्ने हेतुले कृषि कर्ममा लागेको प्रदीप बताउँछन् । ऊनी भन्छन यसको लागि स्थानिय सरकार, प्रदेश सरकारले ध्यान दिन जरुरी छ ।

प्रदीपले यस फर्मबाट करिब १५ मेट्रिक टन बन्दा कोपी र अन्य बाली जस्तै फूलकोपी, आलु, मुला आदि उत्पादन गर्दै आएका छन् । अघिल्लो वर्ष बन्दाकोपीको बजार मूल्य प्रति केजी ४ रुपैयाँ हुँदा व्यावसाय ऋणात्मक भएको थियो, तर यस वर्ष पहिलो सिजनमा भने मूल्य सकारात्मक भएकोले यस तरकारी व्यावसायमा अर्को वर्ष समग्रमा धेरै कृषक हरुले उत्पादन वृद्धि गर्नेछन् भन्ने लागेको उनि बताउछन । प्रदीप तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने किसानको सूचीमा पर्छन् । बन्दा खेतीले छोटै समयमा राम्रो आम्दानी गरेको उनि बताउँछन् ।

बेमौसमी बन्दा लगायत अन्य तरकारीे खेतीमा लागेका यहाँका प्रत्येक किसानले सिजनमा २ लाखदेखि १४ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको कृषि विकास कार्यालयले जनाएको छ । बेमौसमी बन्दा यति सजिलै किसानको जीवनमा कायापलट ल्याउने माध्यम बनेको भने होइन । यसका लागि किसानले मेहनत त गरेका छन् नै, आफ्नो उत्पादन आफैं बजारमा पुर्‍याउने सफल नीति पनि अवलम्बन गरेका छन् ।

व्यापारीले आफ्नो उत्पादन थोरै मूल्यमा खरिद गरी धेरै नाफा खाएर बेच्ने गरेकाले किसानले आफ्नो उत्पादन त्यस्ता व्यापारीलाई नदिने निर्णय गर्दै सहकारी पनि सञ्चालनमा ल्याएका छन् । जसले यस क्षेत्रमा उत्पादन हुने बन्दालाई सोझै भारतीय बजारमा पुर्‍याउने गरिरहेका छन् । सहकारी संस्था सञ्चालनमा ल्याएपछि किसानले आफ्नो उत्पादन व्यापारीलाई दिन छोडेका छन् । सहकारी संस्थामार्फत बन्दा बिक्री गर्दा तौलमा नठगिने र मूल्य पनि बढी पाइने गरेको उनले बताए ।

तेह्रथुमसहित धनकुटा र संखुवासभाका हजारौं किसान व्यावसायिक रूपमा बन्दाको खेतीमा लागेपछि डेढ दशकको अवधिमा यहाँका ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि भएको छ । तरकारी खेतीबाट आर्थिक उपार्जन हुन थालेपछि बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबार गर्ने किसानको संख्या बढेको उनि बताउँछन्। व्यावसायिक तरकारी खेतीले किसानको वित्तीय पहुँच बढाएको उनले बताए । विशेषगरी तरकारी, अचार, मम, सलादलगायतका खाद्य परिकार बनाउन प्रयोग गरिने बन्दाको व्यावसायिक खेतीमा २० हजारभन्दा बढी किसान संलग्न रहेको कृषि कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार