विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता खाँदबारीबाट पक्राउ (भिडियाे सहित)



खाँदबारी । नेपाल बन्दको आव्हान गर्दै हिडेका विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ जिल्ला सदरमुकाम खाँदबारीमा मसाल सहित जुलुस निकाल्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

१८–२० जनाको समुहमा रहेको अरु कार्यकर्ताहरु भने भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेको एक जनाको बिवरण प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) बीच भएको तीनबुँदे सहमति कार्यन्वयन नभएको भन्दै भदौ ७ गते विप्लव समूहले नेपाल बन्दको आग्रह गरेको थियो । सोमबार दिउँसो जिल्ला सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल बन्दको आव्हान गरेको थियो ।

सम्बन्धित समाचार