जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाद्धारा निर्वाचन केन्द्रित अन्तरक्रिया सुरु



प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन मंसिर ४ मा हुने घोषणा पछि जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाले सरोकारवालहरु सँग अन्र्तक्रिया सुरु गरेको छ । मंगलबार निर्वाचन कार्यालयले भाद्र १३ देखि १९ सम्म गरिने मतदाता नामावली अद्यावधिक कार्याका लागि सरोकारवालाहरु सँग अन्र्तक्रिया गरेको हो ।

निर्वाचन कार्यातालिका अनुसार भाद्र १२ गते सुचना तथा मतदाता नामवली प्रकाशन र १३ देखि १५ गते सम्म नामावलीमा दावीविरोधको प्रकृया रहेको निमिक्त जिल्ला निर्वाचन अधिकारी रामेश्वर निरौलाले जानकारी दिए । जिल्ला प्रशासन कार्यायल सङ्खुवासभामा भएको कार्यक्रममा नामावलीमा झुटा विवरण दिई नामवलीमा नाम समोवश गरेको भए समेत उजुरी दिन सकिने निरौलाले बताए । सो समयमा एक भन्दा वढी स्थानमा मतदाता नामावलीमा नाम समोश भएकोभएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिने जनाइएको छ ।

भाद्र १६ भित्रमा एउटै वडा भित्र एक भन्दा वढी मतदान स्थल रहेमा आफुलाई पायक पर्ने स्थलमा मतदाताले नाम समेत सार्न सक्ने छन् । यस पटक स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त विवरणको आधारमा बसाईसरी अन्यत्र गएको वा मृत्यु भएको भए प्रमुख नाम दर्ता अधिकारीले नाम हटाउने भएको छ ।

नागरिकता त्याग गरेको वा नागरिकता रद्द भएकाहरुको समेत नामवलीबाट हटाउने निमिक्त जिल्ला निर्वाचन अधिकारी निरौलाले जानकारी गराए । प्राप्त दाविविरोध आधारमा १८ गते निर्वाचन कार्यालयले त्रुटि सच्याउने र नाम हटाई निर्वाचन कार्यालयमा प्रकाशन गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

फरक फरक जिल्लामा दोहोरो नाम परेकोमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयारगरी जिल्लामा अद्यावधिक भएको तथ्यांक सँगै आयोगमा पठाउने कार्यतालिका रहेको छ । जिल्ला निर्वाचन कार्यालयले राजनैतिक दल, पालिका प्रमुख उप्रमुख लगायतका सरोकारावलाहरु सँग कार्यतालिकाका बारेमा अन्र्तक्रिया गरेको हो ।

 

सम्बन्धित समाचार