खाँदबारीको मानेभञ्ज्याङमा ‘धराने’काे पसल लुट्ने प्रयास, दुई जना संकास्पद पक्राउ



खाँदबारी । मंगलबार बिहान करिब २ बजेको समयमा नकावधारीले सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. ३ को मानेभञ्ज्याङमा पसल लुट्ने प्रयास गरेका छन् । स्थानीय ‘धराने साहु’ भनेर चिनिने एक ब्यापारीको पसल लुट्ने प्रयास गर्ने क्रममा प्रतिकार गर्दा ३ जना घाईते भएका छन् ।

मानेभञ्ज्याङ बजारमा पसल गरी बस्ने धराने साहु परिवारका ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खाँदबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी गराएका छन् । नकाव लगाएर आएका ३ जनाको समुहले आक्रमण गरेको खनालले जानकारी दिए ।

घाइतेहरु करिब २८ बर्षका सन्दिप भगत, ३७ बर्षकी नीता श्रेष्ठ र ६२ बर्षकी तारादेवी श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । आक्रमणकारीले पसलमा चोरी गर्ने उद्देश्य राखि मूलढोकाको ताला फुटाएको र अर्को ढोकामा प्रहार गरिरहेको अवस्थामा पसलधनीले थाहा पाएर होहल्ला गर्दा उनीहरुमाथि आक्रमण भएको बताइएको छ । धराने परिवारका छिमेकीहरुले समेत घटना थाहा पाएर होहल्ला गरेपछि आक्रमणकारी फरार भएको प्रनि खनालले बताए ।

उक्त घटनामा संलग्न रहेको आसंकामा दुई जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिए । मानेभञ्ज्याङका स्थानीयको सहयोगमा दुई जनालाई पक्राउ गरि अहिले मानेभञ्ज्याङ प्रहरी चौकीमा राखिएको डिएस्पी गोदारलले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भईरहेको उनले बताए

सम्बन्धित समाचार