सडक मर्मत नगरिएपछि मकालु गाउँपालिकाद्वारा राजमार्ग बन्द



संखुवासभा । संखुवासभामा निर्माणाधिन ९०० मेगावाटको अरुण तेस्रो आयोजना स्थल जाने सडक अन्तर्गत मकालु गाउँपालिका सडक खण्ड आज (मंगलबार) बाट बन्द गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिका क्षेत्रमा ठुला मालवहाक सवारी साधन आवत जावतमा रोक लगाएको हो ।

गाउँपालिकाको देउरालीदेखि फ्याक्सीन्दा दोभानसम्म हेभी सवारी साधनहरु सञ्चालनमा बन्द गरिएको हो । सडक जिर्ण हुँदा गाउँपालिका क्षेत्रमा अत्याश्यक सवारी साधन समेत नचल्ने अवस्था सृजना भएपछि बन्द गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष ओङ्दी शेर्पाले बताए ।

आयोजना निर्माण कम्पनी, सडक विभाग लगायत नियमक निकायले जीर्ण सडकको मर्मत नगरेकोले समस्या भएको छ । बर्खा लागेसंगै सडक जिर्ण भएसंगै एम्बुलेन्स जस्ता अत्यावसेक सवारी साधनहरु आवतजावतमा समस्या भएको हो ।

यो भन्दा अघि चिचिला गाउँपालिका भित्र भने छ्याङ्कुटी–देउराली सडक खण्ड चिचिला गाउँपालिको बन्द गरेको थियो । बन्द गरेपछि सडक विभागले मर्मत गरेको थियो । उत्तर दक्षिण राजमार्ग अन्तर्गत पर्ने यो सडक खाँदबारीदेखि माथीका सबै ठाउँमा अस्तब्यस्त छ ।

सम्बन्धित समाचार