संखुवासभा कांग्रेसः प्रदेश सभा (ख)मा सर्वसम्मत, (क)मा तीन जनाको नाम सिफारिस



खाँदबारी । नेपाली कांग्रेस संखुवासभाले प्रदेशसभा (ख)को उमेद्वार टुङ्गो लगाएको छ । प्रदेश सभा (ख)को लागि प्रत्यक्ष तर्फ दिपक लिम्बुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । लिम्बु महासमिति सदस्य हुन् ।

नेपाली कांग्रेस प्रदेश सभा (क)मा भने सहमति नजुट्दा ३ जनाको नाम सिफारिस गर्ने भएको छ । जसमा टकमान घले, राम कुमार थापा र मुक्तिसिं राईको नाम सिफारिस गर्ने भएको हो । तीन मध्ये एक जनाको नाम असोज पहिलो हप्ता भित्र टुंगो लागिसक्ने नेपाली कांग्रेस संखुवासभाका प्रबक्ता दिपेन्द्र बान्तावाले जानकारी दिनुभयो ।

उमेद्वारको आकांक्षी घले जिल्ला कार्य समिति सचिव हुन् भने थापा प्रदेश कार्य समिति सदस्य हुन् । पुर्व जिल्ला कार्य समिति सचिव समेत रहेको राई अहिले महासमिति सदस्य छन् ।

प्रतिनीधी सभासदस्यको लागि शुक्रबारबाट जिल्ला पार्टी कार्यालयमा बैठक सुरु भएको छ । आगामी मंसिर ४ गते प्रदेसभा सदस्य र प्रतिनीधी सभा सदस्यको निर्वाचन हुँदै छ ।

सम्बन्धित समाचार