कुमार गजमेरले ल्याए दैबले मलाई (भिडियो सहित)



खाँदबारी । नव प्रतिभा गायक कुमार गजमेरले आफ्नो पहिलो गीत दैबले मलाई सार्वजनिक गरेका छन् । उनले आफ्नै युटुव च्यानल कुमार क्रियसनबाट गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

किशोर कोईरालाको शब्द तथा बलराम समालको संगीतमा तयार भएको गीतको भिडियोमा गायक गजमेर आफैले अभिनय गरेका छन् । गीतको भिडियो सन्तोष सुनारले निर्माण गरेका हुन् ।

गजमेर स्थानीय स्तरका विभिन्न साँगीतिक कार्यक्रमहरुमा उत्कृष्ठ प्रस्तुती दिदै आएका कलाकार हुन् । संखुवासभा जिल्ला सिलीचाेङ गाउँपालिका २ बाला घर भएका गजमेर पछिल्लो समय सरकारी सेवामा आवद्ध छन् ।

सम्बन्धित समाचार