निफ्राले ४ प्रतिशत लाभांश दिने



नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले असोज ६ गते बसेको बैंक संचालक समितिको बैठकले सेयरधनीहरूलाई ४.२१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि दिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार