धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु



 

धनकुटा । धनकुटा नगरपालिका–६ पात्लेखोला नजिक शुक्रबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घरमा ढोका बनाउँने क्रममा विद्युतको लाइन सर्ट भएर करेन्ट लाग्दा धनकुटा–६ पाङ्सिङ्ग बरबोटेका ५७ वर्षीय राजबहादुर राईको मृत्यु भएको हो ।

उनी घर निर्माण र काठको काम गर्ने मिस्त्री हुन् । स्थानीय उद्धव कटुवालको घरमा दिउँसो करिब १२ बजे बाथरुमको ढोका मर्मतको काम गर्ने क्रममा ड्रिल मेसिनबाट विद्युत सर्ट भएर उनलाई करेन्ट लागेको बताइएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा केही समय पछिनै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

मृतक राईका श्रीमती सहित दुई छोरा र दुई छोरी छन् । उनी लामो समययता मिस्त्री काम गर्दै आएका थिए ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..