‘प्रेमगीत ३’ पोर्चुगलमा भब्य प्रदर्शन



लिस्बन । बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को नेपाली संस्करण पोर्चुगलको लिस्बनमा प्रदर्शन शुरु भएको छ ।

नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा ल्याएको उक्त चलचित्र गत आइतबार बाइसा सियादोको सिनेमा आइडल हलमा भव्य प्रदर्शन भएको थियो भने सोमबारदेखि बुधबारसम्म क्याम्पो पिकानोको सिनेमा सिटी हलमा प्रदर्शन हुनेछ ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको ‘प्रेमगीत ३’लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । सेन फिल्मका निर्माता समेत हुन् । पहिलो दिनको प्रदर्शन सफल भएको नेप्स इन्टरनेन्मेन्टका समीर गुरुङले जानकारी दिनुभयो । आयोजकले यसअघि ‘कबड्डी कबड्डी ४’ पनि प्रदर्शन गरेको थियो ।

त्यसैगरी आगामी प्रदर्शनका लागि चलचित्र ‘बाबरी’ समेत ल्याउने तयारी भइरहेको गुरुङले बताउनुभयो ।

सम्बन्धित समाचार