खाँदबारीमा ट्राफिक प्रहरीले राख्यो सन्देशमुलक बोर्ड



संखुवासभा । खाँदबारीको बसपार्क क्षेत्रमा जिल्ला ट्राफिक कार्यालयले जनचेतना मुलक होर्डिङ बोर्ड राखेको छ ।

शनिबार सवारी साधन चलाउँदा हुने सम्भावित दुर्घटनाबाट बच्नको लागि अनुरोधसहितको सन्देश उल्लेखित होर्डिङ बोर्ड राखेको ट्राफिक प्रहरी प्रमुख मान बहादुर खत्रीले जानकारी दिनुभयो ।

सवारी साधान चलाउँदा तथा यात्रा गर्दा अपनाउनुपर्ने सुरक्षा गतिविधिलाई मध्यनजर गर्दै होर्डिङ बोर्ड राखिएको हो । होर्डिङ बोर्डको सौजन्य खाँदबारी नगरपालिका वडा नं. १ कार्यालयले गरेको हो ।

सम्बन्धित समाचार