सभाखोला किनारमा गाडी राखेर बाबुछोरा बेपत्ता



खाँदबारी । खाँदबारी नगरपालिका ९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु छोरा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा खाँदबारी ७ का करीब ४० बर्षका तारानाथ काफ्ले र उनका छोरा १५ बर्षका सनम काफ्ले रहेको संखुवासभा जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

आफ्नै गाडी लिएर सोमबार सभाखोला गएका उनीहरू घर नफर्के पछि प्रहरीलाई आफन्तले मङ्गलबार बिहान खबर गरेका थिए । प्रदेश १-०२-००२ च ५९२० नम्बरको बलेरो जीप, कपडा, जुत्ता, मोवाईल फोन, साबुन लगायतका सामाग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

दुई जना मध्ये एक जना खोलामा डुबेपछि अर्कोले निकाल्न जाने क्रममा दुवै जनामा खोलामा डुबेका प्रारम्भिक अनुमान गरिएको डिएस्पी गोदारले जानकारी दिए ।

सोमबार पानी नपरेकोले खोला केहि सानो भए पनि मंगलबार रातीबाट नै पानी परेकोले खोलाको सतह बढेको डिएस्पी गोदारले बताए । बेपत्ता हुनेहरुको खोजी भईरहेको समेत डिएस्पी गोदारले जानकरी दिए ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..