पोर्चुगलको ‘दशैं गोल्ड कप’को उपाधि युनाइटेड ब्रदर्सलाई



पाेर्चुगल । पोर्चुगलमा रहेको नेपाली समूदायको सर्वाधिक धनराशी रहेको ‘दशैं गोल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि युनाइटेड ब्रदर्सले जितेको छ ।

सोल्टी ग्रुपले आयोजना गरेको उक्त प्रतियोगितामा युनाइटेड ब्रदर्सले नेपफ्यामलाई टाइब्रेकरमा ३–१ ले हराउदै उपाधि पक्का गरेको हो ।

गत अक्टोबर २ मा टोरेस भेद्रासमा भएको फाइनल खेलमा निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको हो । उपाधिसँगै विजेताले २ हजार ५ सय ५५ युरो प्राप्त गरेको छ भने उपविजेताले १ हजार २ सय २२ युरो प्राप्त गरेको छ । प्रतियोगितामा ८ गोल गरेका नेपफ्यामका जाङ्मु शेर्पा सर्वाधिक गोलकर्ता बनेका थिए ।

नेपफ्यामकै प्रदर्श भट्टराई उत्कृष्ट खेलाडी, दीपेश क्षेत्री उत्कृष्ट डिफेन्डर र युनाइटेड ब्रदर्सका काजिमान गुरुङ उत्कृष्ट गोलकिपर चुनिएका थिए । ११ टीमको सहभागिता रहेको उक्त प्रतियोगितामा दमौली एफसी अनुशासित टीम घोषित भएको थियो ।

सम्बन्धित समाचार