संखुवासभामा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुँदै



खाँदबारी । संखुवासभाको खाँदबारी ३ मानेभज्याङमा कार्तिक १ देखि ५ गतेसम्म अरुण भ्याली अन्तराष्टिय आमन्त्रित गोल्डकप फुटवल प्रतियोगीता हुने भएको छ ।

आयोजक एड्भान्स क्लवले शुक्रबार पत्रकार सम्मेलन गरि प्रतियोगिता सम्बन्धि जानकारी गराएका हुन् ।

प्रतियोगीतामा क्यामरुन र वेष्ट बंगालका टिम सहित १ नम्बर प्रदेशका विभिन्न जिल्लाका ८ टिम सहभागी हुने आयोजक एड्भान्स क्लवका अध्यक्ष ईश्वर घिमिरेले जानकारी दिनुभयो । महेन्द्र माविको खेलमैदानमा हुने प्रतियोगीतामा क्यामरुनको एभिनियर फुटवल क्लब र वेष्ट बंगालको आमुक्त फुटवल टिम सहित धनकुटा, भोजपुर, सुनसरी र संखुवासभाका ८ टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगीताका विजयी टिमले ३ लाख र उपविजेता टिमले २ लाख पुरस्कार पाउने छन् ।

सम्बन्धित समाचार