संखुवासभामा राजेन्द्र गौतम र दिपक खड्का चुनावी मैदानमा



खाँदबारी । नेकपा एमालेले प्रतिनिधी सभा र दुवै प्रदेश सभाको उमेद्वार टुङ्गो लगाएको छ । नेपाली कांग्रेसले पनि प्रतिनिधी सभाको उमेद्वार टुङग्याएको छ ।

यस पटकको निर्वाचनमा पुरानै अनुहारहरु नेकपा एमालेबाट पुर्व सांसद राजेन्द्र गौतम चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसबाट पनि अघिल्लो उमेद्वार दिपक खड्का प्रतिनिधी सभाको उमेद्वार बनेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधी सभा नेपाली कांग्रेसको भागमा परेपछि खड्का उमेद्वार बनेका हुन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका खड्कालाई नेकपा एमालेका गौतमले पराजित गरेका थिए ।

नेकपा एमालेले प्रदेश सभा (क) का लागि भविश्वर गुरुङलाई उमेद्वार बनाएको छ । प्रदेश सभा (ख) का लागि एमालेले बिदुर लिङ्थेपलाई उमेद्वार बनाएको छ ।
गठबन्धनको तर्फबाट प्रदेश सभा (क) तर्फ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । नेकपा एकिकृत समाजवादीको भागमा परेको प्रदेश सभा (ख) मा पुर्व सांसद सरिता खड्का उमेद्वार बनेका छन् । माओवादीले नवीन कार्की (राजेन्द्र) लाई उमेद्वार बनाएकाे छ ।

सम्बन्धित समाचार