खाँदबारी । चिचिला गाउँपालिका १ निवासी दिप्ति प्रसाद काफ्लेको कान्छो छोरा र नाती यहि असोज १६ गते सोमबारबाट हराईरहेका छन् । खाँदबारी नगरपालिका ७ बस्दै आएका बर्ष ४० का तारानाथ काफ्ले र उनका छोरा बर्ष १५ का सनम काफ्ले खोला किनारमा बोलेरो गाडि छोडेर बेपत्ता भएका हुन् ।
सभाखोलामा गाडी धुन तथा नुहाउन गएका बाबुछोरा तुम्लिङटार स्थीत सभाखोला पुल छेउको खोलामा गाडी छोडि बेपत्ता भएका हुन् । बेपत्ता भएकाहरुले लगातार ४ दिनसम्म खोजी गर्दा समेत कतै पनि फेला परेन ।
नुहाउने क्रममा खोलाले बगाएको आसंकामा खोलाको किनारै किनार समेत खोजी गरियो तर कतै फेला परेको छैन । चिचिला गाउँपालिकाका जनप्रतिनिधीहरु तथा स्थानीयको अगुवाईमा स्थानीय गोताखोरहरुलाई परिचालन गरि खोजी गरिए पनि हालसम्म फेला परेको छैन ।
पानीले डुबाएर किनारमा निकालेको छ कि भनेर दुवै किनारा हुँदै अक्करसम्म खोजी गर्दा पनि नपाईएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको भनाई छ । चिचिला गाउँपालिका भवन निर्माणको लागि काफ्ले परिवारले गाउँपालिकालाई निशुल्क जग्गा उपलब्ध गराएका छन् ।
प्रतिक्रिया