खाँदबारी । आसन्न निर्वाचनका लागि सङ्खुवासभामा प्रतिनिधि सभा तर्फ १३ जनाको उमेद्वारी परेको छ । एक निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा २ स्वतन्त्र र ११ दलले उमेद्वारी दर्ता गरेका हुन् ।
सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसको दिपक खड्का, नेकपा एमालेबाट राजेन्द्र प्रसाद गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्त नारायण श्रेष्ठ, मंगोल नेशनल पार्टीबाट देबेन्द्र कुमार घले र राष्ट्रिय जनमुक्ती पार्टीबाट कृष्णकुमार राईले उमेद्वारी दर्ता गराएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टिकाराम शाहि, जनता समाजवादी पार्टीबाट दिपक कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोलामान कार्की, नेशनलिष्ट पिपल्स पार्टीबाट विनोद घिमिरे र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बुले उमेदवारी दिएका छन् । स्वतन्त्र तर्फ प्रविन कार्की र तेन्जि भोटियाको उमेद्वारी परेको निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।
सङ्खुवासभामा दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभा (क) तर्फ एक स्वतन्त्र सहित ८ जनाको उमेद्वारी परेको छ । नेकपा एमालेबाट भविश्वर गुरुङ, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट घामसिंह राई र जनता समाजवादी पार्टी नेपालबाट सीताराम तिम्सिनाले उमेद्वारी दर्ता गराएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रमोद श्रेष्ठ र नेशनलिष्ट पिपल्स पार्टीबाट मिनेश कुमार श्रेष्ठले उमेद्वारी दर्ता गराएका छन् । स्वतन्त्रमा बिरेन्द्र कुमार राईले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश सभा (ख) तर्फ २ स्वतन्त्र सहित १० जनाको उमेद्वारी परेको छ । नेकपा एमालेको तर्फबाट बिदुर कुमार लिङ्थेप, नेकपा एकिकृत समाजवादीको तर्फबाट सरिता थापा, मंगोल नेशनल पार्टीबाट माया गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट पदम बहादुर जोशीले उमेद्वारी दर्ता गराएका छन् । त्यस्तै, जनता समाजवादी पार्टीबाट पुर्ण शेर्पा, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट ङिमा रिञ्जी शेर्पा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल प्रसाद दाहालले उमेद्वारी दर्ता गराएका छन् । प्रदेश सभा (ख) तर्फ मानबहादुर कार्की र प्रेमबहादुर लिम्बुले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धन दलले सिट बाँडफाडको क्रममा प्रतिनिधि सभामा नेपाली कांग्रेसलाई टिकट दिएको छ भने प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्र र प्रदेश सभा (ख) मा नेकपा एकिकृत समाजवादीलाई टिकट दिएको थियो ।
प्रतिक्रिया