‘नाइँ नभन्नु ल ६’को सुटिङ सुरु, पहिलो दिन निखिलका छोरा अथर्वले दिए ‘एक्सन-कट’



काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’को छायांकन बिहीबारदेखि सुरु भएको छ । सुन्धारास्थित काठमाडौं मलको एक रेष्टुरेन्टबाट सुरु भएको छायांकनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचियो ।

अथर्व सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा हुन् । एभलिना टिकटकमा हिट छिन् । यी तीनैजनाले यही फिल्मबाट डेब्यु गरेका हुन् । फिल्ममा आँचल शर्मा पनि प्रमुख भूमिकामा हुनेछिन् । अघिल्ला सिरिजमा देखिएका अनुभव रेग्मीले पनि यसमा केमियो भूमिका निर्वाह गर्दैछन् ।

काठमाडौंसहित झापामा समेत छायांकन हुने फिल्मलाई विकासराज आचार्यले निर्देशन गरिरहेका छन् । पुरुषोत्तम प्रधानले खिच्ने फिल्म अर्को वर्ष रिलिज हुनेछ ।

निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् ।

 

 

सम्बन्धित समाचार