तिहारपछिको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले बढ्यो, १२ समूहमा हरियाली



काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। यसदिन नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा अडिएको छ।

आज २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँमा खरिदबिक्री भयो। एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सयपत्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

यस्तै, नेपाल एसबीआई बैंक लिमिटेडको मूल्य ८.२४ प्रतिशतले बढ्यो। दोहोरो अंकले बढेको सेयर बजारमा अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ८.१६ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड १७ लाख २१ हजार २३२ रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका १३ समूहमध्ये १२ को मूल्य बढ्यो भने १ को घट्यो।

चार समूहको सेयर मूल्य १ प्रतिशत बढिले बढ्यो। होटल्स एन्ड टुरिजमको १.६५, अदर्शको १.५९, बैंकिङको १.५२ र ट्रेडिङको १.१४ प्रतिशतले मूल्य बढेको हो।

१२ समूहको मूल्य बढ्दा डेभलपमेन्ट बैंकको ०.३९ प्रतिशतले ओरालो लाग्यो।

सम्बन्धित समाचार